काठमाडौं, जेठ ५
एनआईसी एसिया लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १२ करोड २७ लाख ८४ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो मुुनाफा सात करोड ८४ लाख ५१ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब ४५ लाख रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब एक करोड ३८ लाख ८३ हजार रूपैयाँ निक्षेप संकलन गरी सात अर्ब २२ करोड ८७ लाख ७४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा २७ करोड ११ लाख ३२ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ८१ लाख ४० हजार रूपैयाँ रहेको संस्थामा शून्य दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा संस्थाले ४५ करोड २५ लाख ५० हजार रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब १७ करोड ८४ लाख १३ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा संस्थाले २१ करोड ६९ लाख ३१ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।