दोलखा,जिल्लाको मेलुङ गाउँपालिका भित्रका स्थानीयहरु पछिल्लो वर्षहरुमा कृषि तर्फ आकषिर्त बन्दै गएका छन् । यहाँका स्थानीयको आम्दानीको मुख्य स्रोत कृषि बन्दै गएको छ्।भौगोलिक कारण पुर्वधार बिकासमा उदाउँदो मेलुङ पालिका आफ्नो उत्पादनलाई बजार सम्म पुर्याएर स्थानीय बजार आवस्यकता धान्न सफल भएको पालिका अध्यक्ष हिराकुमार थोकरले बताए । पालिकाबाट वार्षिक १५ करोडबराबरको आलु बाहिरिने गरेको अध्यक्ष थोकरले बताए । पछिल्लो वर्षमा गाउँपालिकाले दिने अनुदान तथा विभिन्न गैरसरकारी संघसंस्थाले कृषिमा लगानी गर्ने थालेकाले मेलुङबासी उत्पादनमूलक कृषिमा आकषिर्त बन्दै गएका हुन् ।पालिका आलु तथा सुन्तला र खाद्यान्नमा आत्मनिर्भर रहेको उनले बताए।पालिका अध्यक्ष थोकरका अनुसार मेलुङले वार्षिकरूपमा १५ करोड आलु बिक्रीबाट आम्दानी गर्दै आएको छ् भने,सुन्तला बिक्रीबाट ३ करोड आम्दानी गर्ने गरेको जानकारी दिए । मेलुङको पवटी लगायतका क्षेत्रबाट वार्षिक ३ करोड बराबरको सुन्तला उत्पादन हुँदै आएको अध्यक्ष थोकरले बताए । मेलुङका स्थानीयले सुन्तला बिक्रीबाट दुई लाख देखि ५ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।मेलुङका स्थानीयको आन्तरिक आम्दानीको स्रोत कृषि भएकाले यहाँका किसान कृषिमा आत्मनिर्भर रहेको अध्यक्ष थोकरले बताए। मेलुङको तल्लो क्षेत्र सुन्तला र धानखेतीको लागी उर्वरभुमि मानिन्छ भने,भेड्पु लगायतको माथिल्लो क्षेत्र आलु खेतीको लागी प्रख्यात रहेकाले धेरै किसानले आलुबाट राम्रो आम्दानी लिने गरेको उनले सुनाए।मेलुङबाट उत्पादित सुन्तलाले आन्तरिक बजार धान्न सकेको समेत अध्यक्षले बताए । धेरै जसो सुन्तला स्थानीय तामाकोशी बजार र सदरमुकाम चरिकोटबजार लाई मेलुङको सुन्तलालेनै बजार धान्न सकेको बताए। त्यस्तै चरिकोट,मन्थली,काठमाडौं र भक्तपुर लगायतका जिल्लामा मेलुङ आलु खपत हुँदै आएको छ् । गाउँपालिकाले चालु वर्षको बजेटमा पनि पुर्वाधार बिकास,शिक्षा संगै कृषिलाई पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उपाध्यक्ष गायत्री आचार्यले बताइन् ।मेलुङ गाउँपालिकाले युवालाई गाउँमानै रोजगार दिने योजना बनाएको छ । उच्चशिक्षा र रोजगारको लागि युवाहरु दैनिक सयौं जना विदेशिन थालेपछि गाउँमानै अडिने वातावरण सिर्जना गर्न थालेका छन् । पालिकाले कृषि, पशुपालन र फलफुल तरकारी उत्पादनलाई जोड दिदैं बढीभन्दा बढी युवाहरु गाउँमै टिकाउन योजना बनाएको पालिका अध्यक्ष थोकरले बताए । पालिकाको प्रमुख चुनौती भनेको युवा पलायन रोक्नेनै हो मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकरले भने,त्यसको लागि हामीले गाउँमै रोजगारीको व्यवस्था गर्न कृषि, तरकारी, फलफुल उत्पादन र पशुपालनलाई प्राथमिकताका साथ अघि बढाई रहेका छौ । पालिकाले हेफार लगायत अन्य विभिन्न संघसंस्थाहरुको सहकार्यमा कृषि उत्पादन तथा उद्योगको लागि सहुलियत दरमा कर्जा उपलब्ध गराउने, व्यवसायीक तालिमको व्यवस्था गर्ने र कृषि उत्पादन तथा बजारीकरणमा सहयोग गर्ने कार्यक्रम सुरु गरिएको पालिका अध्यक्ष थोकरको भनाई छ । पालिकाले हेफर नामको गैरसरकारी संस्थासँगको सहकार्यमा महिला कृषकहरुलाई लक्षित गर्दै कृषि सम्बन्धी विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरिएको बताए । पालिकाको समन्वयमा प्रभु बैंक, लक्ष्मी सनराईज बैंक र हिमालयन बैंकले कृषकहरुलाई सहुलियत दरमा ऋण प्रवाह गर्ने सम्झौता भएको र एक जना कृषकले १५ लाख रुपैयाँ ऋण लिएर व्यवसाय सुरु गरिसकेको पालिकाले जनाएको छ । अहिले पालिकाको पूर्ण लगानी वा सहयोगमा ठूला उद्योग सञ्चालन गर्न कठिन रहेकोले कृषि क्षेत्रलाई प्राथामिकता दिदै पालिकाले साना उद्योग सञ्चालनमा सहयोग गर्दै आएको पालिकाले जनाएको छ । मेलुङ गाउँपालिकाले अहिले प्रत्येक वडाको केन्द्र जोड्ने सडक निर्माण गरेको, ती सडकहरुलाई क्रमशः कालोपत्रे र ढलान गर्ने नीति अनुसार काम अघि बढाईएको, पालिकाको केन्द्र तोकी भौतिक पूर्वाधार तयारीको काम सुरु गर्न लागिएको, पालिका भित्रका पर्यटकीय केन्द्रहरुको पहिचान तथा प्रवद्र्धनको काम अघि बढाईएको पालिका अध्यक्ष थोकरले बताए । पालिका दिने अनुदानपनि उत्पादनलाई लक्ष्यित गरी असली किसान र व्यवसायमा लागेका किसानको तथ्यांक संकलन गरेर गाउँमै रोजगारी सिर्जना गर्न अनुदान दिने गरेको उपाध्यक्ष आचार्यको भनाइ रहेको छ ।