युक्रेन-रुस युद्धमा परी चार नेपालीले ज्यान गुमाएको पाइएको छ । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की,दोलखाका राजकुमार रोक्का,इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका छन् । उनीहरु रुसी सेनामा भर्ती भएर युद्ध लडेका थिए । दूतावासका अनुसार रोक्का,मोक्तान र कार्कीको गत कात्तिक २९ गते युक्रेन भूमिमा मृत्यु भएको थियो भने थपलिया असार २९ मा नै युक्रेनमा बाखमुतमा मारिएका थिए ।