काठमाडौँ । अहिले सबैको आँखा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा केन्द्रित भए पनि यसको केही खास विशेषताहरू अझैसम्म मोबाइल प्रविधिमा आइसकेका छैनन् । सामसङले त्यसलाई बदल्दै आफ्ना स्मार्टफोनहरूमा ग्यालेक्सी एआई राख्ने तयारीमा रहेको जनाएको छ ।
कम्पनीले फोनमा उपलब्ध गराउने ग्यालेक्सी एआईमा दुई किसिमका एआई प्रविधि समावेश गरेको छ । सामसङद्वारा विकास गरिएको डिभाइस एआई र अरू समान विचारधाराका औद्योगिक अग्रणीहरूको सहकार्यहरूबाट सक्षम गरिएका क्लाउडमा आधारित एआई, दुवैद्वारा सञ्चालन हुने एक बृहत् मोबाइल एआई अनुभव हो । यसले ग्यालेक्सी सुरक्षा र गोपनीयतामा विश्वसनीयता कायम गरी मोबाइलसँगको अनुभवलाई परिवर्तन गरिदिने कम्पनीको दाबी छ । ग्यालेक्सी एआईको फाइदाहरू के–कस्तो छ भनी हेर्दा यसको एउटा मुख्य विशेषता ‘फोन कल’लाई उदाहरणको रूपमा लिन सकिन्छ । एआई लाइभ ट्रान्सलेट कलले चाँडै नै प्रयोगकर्ताहरूलाई जतिबेला आवश्यक प¥यो त्यति नै बेला आफ्नो पर्सनल ट्रान्सलेटर उपलब्ध गराउनेछ । किनभने यो ग्यालेक्सी डिभाइसकै कलसँग एकीकृत गरिएको छ, यसले गर्दा तेस्रो पक्षको एप चलाइरहन पर्ने झण्झट रहँदैन । अडियो र टेक्स्ट प्रयोगकर्ताले बोलेको र लेखेको समयमा नै अरू भाषामा अनुवाद भएर आउने छ । यो ग्यालेक्सी एआई डिभाइसमा नै भएको हुँदा, यसले गोप्य वार्तालापहरू पनि फोनमा नै सीमित रहनेछ ।