बारा । कोल्हबी नगरपालिका–१ बटौलियामा ना.५ त ४६७५ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ट्याक्टर धनी ६५ वर्षीय नारायण चौधरीको बुधबार मृत्यु भएको छ । ट्रयाक्टरबाट लडेर गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।