काठमाडौं, जेठ ५ मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कविन्द्रध्वज जोशी नियुक्त भएका छन् । कम्पनीका अनुुसार जोशीले यही जेठ एक गते क्यापिटलका अध्यक्ष सीताराम काफ्लेबाट पदभार ग्रहण गरेका हुन् । यसअघि जोशी एनआईबीएल एस क्यापिटलका महाप्रबन्धकको रूपमा कार्यरत थिए । मर्चेन्ट बैंकिङ क्षेत्रमा २१ वर्षको अनुुभव हासिल गरेका जोशीले एमबीए र ईएमबीए तहसम्मको अध्ययन पूरा गरेका छन् । विगतमा जोशीले एनआईडीसी क्यापिटल, एस क्यापिटल र ग्रोमोर मर्चेन्ट बैंकिङलगायत मर्चेन्ट बैकिङ क्षेत्रमा काम गरेको अनुुभव रहेको छ ।