नयाँदिल्ली । भारतीय सेयरबजारमा पुँजीकरण ४० खर्ब डलर पुगेको छ । जुन अहिलेसम्मकै धेरै हो । बुधबार बीएसई सेन्सेक्समा सूचीकृत स्टकहरुको कुल बजार पुँजीकरण तीन सय ३३ लाख करोड भारु पूरा गर्दै अल टाइम हाई रेकर्ड बनाएको छ । यससँगै भारतको समग्र इक्विटी मार्केटको पुँजीकरण ४० खर्ब डलर पुगेको छ ।
सन् २०२३ मा मात्रै भारतीय सेयर बजारको पुँजीकरण ५१ लाख करोड भारुले बढेको छ । बजार पुँजीकरणका आधारमा भारतीय सेयर बजार अमेरिका, चीन, जापान र हङकङपछि पाँचौँ स्थानमा छ ।
साना र मिडक्याप स्टकहरुको उत्कृष्ट प्रदर्शन र दलाल स्ट्रीटमा आएको आइपीओले सेयर बजार पुँजीकरणमा तिव्र वृद्धि भई नयाँ रेकर्ड कायम भएको हो । सूचीकृत कम्पनीहरुको सेयर मूल्यमा हुने वृद्धि र नयाँ कम्पनीहरुको आईपीओ सूचीकरणका कारण सेयर बजारको पुँजीकरण बढ्ने गर्छ ।