काठमाडौं । सानिमा बैंक लिमिटेडले बुधबार स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रबद्र्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, बैंकका सञ्चालक, रमेशकुमार पोखरेल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत, निश्चलराज पाण्डेले संयुक्तरूपमा गरेका हुन् ।
उद्घाटन समारोहमा मदनकृष्ण श्रेष्ठले स्याङ्जाको पुतलीबजारमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बंैककोरूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका सञ्चालक, रमेशकुमार पोखरेलले सानिमा बैंकलाई विश्वास गरी सबल अनि विश्वसनीय बैंकको रूपमा स्थापित हुन सहयोग गर्ने बंैकका ग्राहक तथा सरोकारवालाहरूलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले स्याङ्जा जिल्लामा शाखा स्थापना गरेर बैंकले स्थानीय ग्राहकहरूलाई विश्वसनीय एवम् स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरी यस कार्र्यक्रममा सम्पूर्ण स्याङ्जावासीको सहयोग र साथ पाउने विश्वास व्यक्त गरे । बैंकको हाल देशका सातै प्रदेशमा एक सय ३३ वटा शाखा कार्यालय र एक सय २३ वटा एटीएम सञ्चालनमा रहेका छन् ।