काठमाडौं, जेठ ५
शिखर इन्स्योरेन्स कम्पनीको सहकार्यमा निम्बस समूहले आफ्ना सबै कर्मचारीहरूको कोरोना बीमा गरेको छ । खाद्यान्न तथा पशुपंंक्षी आहारमा अग्रणी निम्बसकोे लागि कार्यस्थल, कर्मचारी तथा सामाजिक, स्वास्थ्य, सुरक्षा र सरसफाई सधैं प्राथमिकतामा रहेर आएको छ । हाल कोभिड १९ बाट श्रीजीत स्वास्थ समस्यालाई मध्यनजर गर्दै उद्योगहरूमा यसविरुद्ध जनचेतना जगाउने, अनिवार्य प्राथमिक स्वास्थ्य जाँच गर्ने, डिसइन्सीफिकेसन टनेलको प्रयोग, सामाजिक दूरीको पालना, अत्यावश्यकबाहेक अन्य कर्मचारीहरूलाई घरबाटै सेवा दिने अवधारणा लागू गर्दै आएको छ ।
अत्यावश्यक वस्तु उत्पादन गर्न, ढुवानी गर्न तथा निम्बस बजार डट कममार्फत आएका मागहरूलाई सुरक्षित ढुवानी गर्न पीपीईको समेत प्रयोग गर्दै आए पनि सम्भावित जोखिम तथा त्यसबाट हुनेसक्ने आर्थिक क्षतिलाई न्यूनीकरण गर्न शिखर इन्स्योरेन्सको सहकार्यमा निम्बसका देशभर सम्पूर्ण उद्योगका साथै कार्यालयमा कार्यरत पाँच सय ३६ जना कामदार तथा कर्मचारीहरूलाई कोभिड बीमा गरेको निम्बसले जनाएको छ ।
निम्बसका प्रबन्ध निर्देशक आनन्द अग्रवाल बगडिया भन्छन्– ‘हामीले सबै कर्मचारीहरूलाई फेसमास्क, पञ्जा, हेण्ड स्यानिटाइजर आदि उपलब्ध गराउनुका साथै सबै किसिमका जोखिम न्यूनीकरण गर्नाका लागि सम्पूर्ण कर्मचारीहरूलाई कार्यस्थलभित्र आवश्यक सामाजिक दूरी कायम गर्न सिकाएका छौं’ ।