झापा । कोही नभएको मौका छोपी झापास्थित एक घरको ताला फोडी लाखौँको धनमाल चोरी भएको छ । प्रहरीका अनुसार बिर्तामोड नगरपालिका–७ बस्ने सुमित्रा दाहालको घरबाट कोही नभएको अवस्थामा ताला फोडी सुन र चाँदीका विभिन्न गहना तथा नगद एक लाख रूपैयाँ गरी करिब चार लाख ६० हजार रूपैयाँ बराबरको धनमाल बुधबार राति चोरी भएको हो ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।