काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिकोत्सवका अवसरमा कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सामुहिक प्रयासबाट अर्थतन्त्रका समस्या समाधान गरिने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अर्थतन्त्रमा समस्या देखाएर केही स्वार्थ समूहले अवान्छित फाइदा उठाउन खोहिरहेको टिप्पणी गरे ।