काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । घोषित लाभांशमध्येमा सात दशमलव पाँच प्रतिशत बोनस सेयर र सात दशमलव पाँच प्रतिशत नगद लाभांश रहेको छ । सोअनुसार संस्थाले १७ करोड २१ लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ ।