काठमाडौं । श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २९ लाख १० हजार ३५ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा दुई करोड ८७ लाख २० हजार ९७ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ९८ करोड १६ लाख ८३ हजार दुई सय रुपैयाँ रहेको फाइनान्सले चालू आवको पहिलो त्रैमासमा सात अर्ब ८४ लाख ५३ हजार आठ सय २२ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४५ करोड ५९ लाख ९६ हजार सात सय ९६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ६८ लाख ९५ हजार तीन सय ८४ रुपैंयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव २० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने एक करोड २२ लाख ६१ हजार ४४ रुपैयाँ रहेको फाइनान्सको स्प्रेडदर भने चार दशमलव ५१ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले छ अर्ब ८० करोड ३४ लाख ९५ हजार छ सय आठ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३३ करोड ९८ लाख १७ हजार दुई सय ९६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड ९४ लाख १८ हजार छ सय १९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ९८ प्रतिशत रहेको थियो ।