झापा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३४ वर्षीय जगत मणी आचार्य पक्राउ परेका छन् । मेचिनगर नगरपालिका बस्ने आचार्यलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
आचार्यले ती बालिकालाई गत मंसिर ८ गते आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा जगत मणीको दाइ ३७ वर्षीय बाल कुमार आचार्यले ती बालिकालाई ललाई फकाई आफ्नो भाइलाई भेटाएको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।