काठमाडौँ । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी थुनामै रहने भएका छन् । रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पालगायतलाई न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले थुनामा राख्ने यसअघि काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको हो । उच्च अदालत पाटनले रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको हो ।