काठमाडौं । विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला परेका छन् । तनहुँ, दाङ, काभ्रे, गोरखामा गरी शुक्रबार र शनिबार चार व्यक्ति मृत अवस्थामा फेला परेका हुन् ।
तनहुँस्थित घिरिङ गाउँपालिका–१ गडेलटारस्थित कालिगण्डकी नदीको किनारमा पाल्पा पुर्वाखोला गाउँपालिका–१ घर भई हाल रामपुर नगरपालिका–७ किशानबारी बस्ने २२ वर्षीय सन्तोष पन्थी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
दाङस्थित घोराही उपमहानगरपालिका–९ पोखरा बस्ने ४० वर्षीय कृष्ण बहादुर डाँगी घर नजिकै रहेको पिपल चौतारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रेस्थित पाचँखाल नगरपालिका–१३ तिमालबेशीस्थित कोशी नदीमा बनेपा नगरपालिका–६ बस्ने २० वर्षीया बिमला श्रेष्ठ शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
गोरखास्थित बारपाक सुलिकोट गाउँपालिका–६ झाङटारस्थित दरौदी नदीमा सोही ठाउँ बस्ने ७४ वर्षीय गज बहादुर बराम शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।