काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले झण्डै तीन करोड रुपैयाँ खुद नोक्सानीमा देखिएको छ । संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा दुई करोड ८३ लाख ५८ हजार तीन सय ७९ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाले तीन लाख १५ हजार छ सय ४३ रुपैयाँ खुद नाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा २१ करोड ७८ लाख ८४ हजार दुई सय ४२ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८३ करोड ३३ लाख २८ हजार तीन सय ७१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक करोड १२ लाख १० हजार सात सय १४ रुपैयाँखुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव ८८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा चार करोड ९६ लाख १५ हजार तीन सय ७५ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने चार दशमलव ८७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले २० करोड ८४ लाख २५ हजार दुई सय ६२ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७७ करोढ २३ लाख ९४ हजार तीन सय ९७रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ८९ लाख९६ हजार दुई सय ७७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव ७९ प्रतिशत रहेको थियो ।