काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र भक्तपुरको भीमसेनस्थानमा रहेको सिद्धि स्मृति प्रतिष्ठानबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी उज्वल ढुंगाना र सिद्धि स्मृति प्रतिष्ठानका सञ्चालन निर्देशक अनिल राजभण्डारीले हस्ताक्षर गरेका हुन् । यस सम्झौतापश्चात् आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरूको बीमालेखको सीमासम्म सिद्धि स्मृति प्रतिष्ठानबाट नगदरहित हस्पिटलाईजेससन प्राप्त गर्न सकिने छ ।
साथै, सोही अवसरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी उज्वल ढुंगानाले सिद्धि स्मृति प्रतिष्ठानले आफ्ना ग्राहकहरूलाई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगदरहित हस्पिटलाईजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आबद्ध सदस्यहरूलाई औषधोपचारलगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने हुनाले ढुक्क भएर सेवा लिन आह्वान गरे ।