काठमाडौं । साताको सुरुवाती कारोबार दिन आज आईतबार नैं सेयर बजार परिसुचक ओरालो लागेको छ । बजार परिसुचक आज सात दशमलव २९ अंकले ओरालो लागेर एक हजार आठ सय ५१ दशमलव २३ बिन्दुमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६५ अंकले ओरालो लागेर तीन सय ५४ दशमलव ४३ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ९३ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३६ हजार नौं सय ७७ पटकको कारोबारमा ३४ लाख १९ हजार ७३ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम ९६ करोड ४० लाख १० हजार चार सय ३१ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये लघुवित्त उपसमुहको सुचक सामान्य अंकले उकालो लागेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।