काठमाडौं । नेपाल हाइड्रो डेभलपर कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस १२ गते काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सनमा आफ्नो १७ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
कम्पनीको यही मंसिर १५ गते बसेको सञ्चालक समितिको ८२ औँ बैठकले वार्षिक साधारणसभासम्बन्धी निर्णय गरेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ३३ करोड ५९ लाख २६ हजार पाँच सय रुपैयाँमध्येबाट शून्य दशमलव ३७ प्रतिशतका दरले हुन आउने १२ लाख ३७ हजार छ सय २३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट सात प्रतिशतका दरले हुन आउने दुई करोड ३५ लाख १४ हजार आठ सय ५५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।