काठमाडौं । नमस्ते–पेमार्फत उडान टिकट बुक गर्ने यात्रुलाई सुपथ मूल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्यले नमस्ते–पेले नयाँ अभियान सुरु गरेको छ । कम्पनीका अनुसार यो अभियान यही मंसिर १५ गतेदेखि २०८० पुस १४ गतेसम्म चल्ने छ ।
नमस्ते–पेमार्फत उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तत्कालै एक सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् । उडानकर्ताहरूले क्यासब्याकका लागि योग्य हुन प्रोमो कोड प्रयोग गर्नुपर्दैन । जसको अर्थ यात्रुहरूले जति धेरै पटक टिकट खरिद गर्नेछन्, उति नै बढी क्यासब्याक प्राप्त गर्नेछन् । नमस्ते–पे प्रयोगकर्ताहरूले नमस्ते–पे वालेटमार्फत आर्थिक दरका साथसाथै भरपर्दो सुरक्षित बुकिङ पार्टनरबाट उडान टिकट खरिद गर्न सक्नेछन् ।
नमस्ते–पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्ताहरूलाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यो वालेटको उद्देश्य रहेको कम्पनीले जानकारी दिएको छ ।