रुकुमपश्चिम । नेपालमा रहेका कम्युनिष्ट विचारधारा बोकेका राजनीतिक दलको एकता आजको आवश्यकता रहेको नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले बताएका छन् । उनले सोमबार रुकुमपश्चिममा प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी रहेको बताए ।
माओवादी केन्द्रको नेतृत्वमा नै पार्टी एकता हुने भन्दै जनताले पनि माओवादी घटक एक भएको हेर्न चाहेको उनले बताए । कम्युनिष्टमा वैचारिक कुरामा केही नमिलेको देखिए पनि ती कुरालाई मिलाउन सकिने महासचिव गुरुङले बताए । भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणमा सबै लाग्न जरुरी रहेको उनको भनाइ थियो ।