काठमाडौं । सामाजिक सञ्जालको प्रयोग गरी अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंको दरबारमार्ग, नयाँ बसपार्क, तिलिङ्गेटार, बानेश्वरलगायतका ठाउँबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा घर भएका २७ वर्षीय छत्र बहादुर रोक्का, ओखलढुङ्गा लिखु घर भएका ३३ वर्षीय गोपाल थापा, सिन्धुली सुनकोसी घर भएका ४४ वर्षीय सेते कार्की, सल्यान कपुरकोट घर भएका २५ वर्षीय शिवराज परियार, नुवाकोट विदुर घर भएका ३० वर्षीय अमृत रोक्का, काभ्रेपलाञ्चोक भुमलु घर भएका २७ वर्षीय सुरेश कुमार श्रेष्ठ र काठमाडौं महानगरपालिका–१४ घर भई कलंकी बस्ने २७ वर्षीय सुरज खड्का रहेका छन् ।
उनीहरू हाल काठमाडौं र ललितपुर बस्दै आएका थिए । उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाइएको छ ।