काठमाडौं । टेक्नोलोजी ब्रान्ड रियलमीले ‘दशैं तिहार उमङ्गः उपहारले सबै दंग’ क्याम्पेनका विजेताहरू घोषणा गरेको छ । क्याम्पेनको बम्पर उपहारमा टीभीएस एन्टर्क स्कुटर, वासिङ मसिन, रियलमी जीटी प्रो २ र टेलिभिजन सेट राखिएको थियो ।
न्यू रामेश्वरम् सप्लायर्सबाट विनिता चौधरीले टीभीएस एनटर्क स्कुटर र भरत ट्रेड प्रालिबाट प्रकाश अधिकारीले बम्पर पुरस्कारको रूपमा रियलमी जिटी २ प्रो स्मार्टफोन जित्न सफल भएका छन् । त्यसैगरी एसबी भिजनबाट बाबुराम बस्नेतले सात केजीको कोनका अटो वासिङ मेसिन र ओम मोबाइल सेल्स सेन्टरबाट मनीषा महासेठले ५५ इन्चको फोरके कोनका टेलिभिजन जित्न सफल भएका छन् । कम्पनीले नेपालीहरूको महान पर्व दशैं, तिहार, एवम् छठको उपलक्ष्यमा दशैं तिहार उमङ्गः उपहारले सबै दङ्ग क्याम्पेन ल्याएको थियो । यो क्याम्पेन असोज २८ गतेदेखि कर्तिक २९ सम्म सञ्चालनमा रहेको थियो ।