काठमाडौं । साताको सुरुवाती कारोबार दिनदेखि नैं सेयर बजारमा गएको पहिरोले साताको तेस्रो कारोबार दिन आज बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन तीन दशमलव ४२ अंकले ओरालो लागेको सेयर बजार परिसुचक (नेप्से) आज मंगलबार पुन १० दशमलव १० अंकले ओरालो लागेर एक हजार आठ सय ३७ दशमलव ७१ बिन्दुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १४ अंकले ओरालो लागेर तीन सय ५१ दशमलव शुन्य सात बिन्दुमा झरेको छ ।
धितोपत्र बजारमा आज दुई सय ९२ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३८ हजार पाँच सय ८४ पटकको कारोबारमा ४६ लाख ९८ हजार छ सय ८२ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार चार सय ३८ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये जीवन बीमा उपसमुहको सुचक उकालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।