रुसी सेनामा अबैध रुपले भर्ती हुन पठाउने एउटा ठूलो गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । उनीहरलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको प्रहरी स्रोतले आर्थिक दैनिकलाई बताएको छ ।
नियन्त्रणमा आएका उनीहरुबाट प्रहरीले थप सूचना लिएर अनुसन्धान गर्ने भएको छ । पक्राउ परेका मध्ये सुजाता दाहाल र हरि बिक मुख्य एजेन्ट रहेको खुलेको छ । उनीहरु दुबै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
उनीहरुले नेपाल हुँदै भारतको नयाँ दिल्लीबाट रुस पठाउने तत्थ फेला परेको छ । यो बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । रुसी सेनामा कति संख्यामा नेपाली भर्ति भएका छन् भन्ने कुरा एकिन हुन नसकेपनि रुस युक्रेन युद्धमा परि हालसम्म ६ जनाले ज्यान गुमाईसकेको परराष्ट्र मन्त्रालयले बताएको छ ।