काठमाडौं । सेयर बजार परिसुचक सामान्य अंकले उकालो लागेको छ । साताको चौंथो कारोबार दिन आज बुधबार बजार परिसुचक नेप्से तीन दशमलव ३३ अंकले उकालो लागेर १८ सय ४१ दशमलव शुन्य चार बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ३६ अंकले ओरालो लागेर तीन सय ५० दशमलव ७० बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ९३ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ३४ हजार नौं सय ७१ पटकको कारोबारमा ३७ लाख ५५ हजार एक सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब १४ करोड १८ लाख १२ हजार तीन सय ८२ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएकोमा बाणिज्य बैंक, फाईनान्स, होटल तथा पर्यटन, जलबिद्युत र उत्पादनमुलक उपसमुहको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, लगानी, जीवन बीमा, लघुवित्त, सामुहिक लगानी कोष, जीवन बीमा निर्जीवन बीमा, अन्य र ट्रेडिङ उपसमुहको सुचक उकालो लागेका छन् ।