काठमाडौँ, जेठ ६ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ३१ करोड ५६ लाख २१ हजार तीन सय ४९ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ३० करोड ६० लाख १९ हजार सात सय ७६ रूपैयाँ रहेको छ । हाल चुक्ता पुँजी तीन अर्ब आठ करोड २६ लाख २६ हजार पाँच सय ४८ रूपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी १३ रूपैयाँ ६५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय २४ रूपैयाँ ७३ पैसा रहेको छ ।