काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु पब्लिक युथ क्याम्पस कमिटीले एनसेल प्रकरणविरुद्ध नाराबाजी गरेको छ । काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटी धोबिचौरस्थित आज(बिहीबार) बिहान कमिटीले एनसेलको घोटाला गर्ने अर्थात् एनसेलको कर छल्नेको बहिस्कार गरौं भन्ने नारासहित विरोध प्रदर्शन गरेको हो ।
उक्त विरोध कार्यक्रममा अनेरास्ववियु पब्लिक युथ क्याम्पस इकाइ कमिटीका कार्यबाहक अध्यक्ष एवं पब्लिक युथ क्याम्पस स्ववियू सचिव निराजन शाहिको नेतृत्वमा कमिटी सचिव प्रेम पनेरुलगायत करिब ३० जनाको उपस्थिति थियो । प्रदर्शनमा एनसेलको खरिद बिक्रीमा अर्बौ रुपैयाँ अपारदर्र्शी भएको भन्दै गठि धन्दा गर्ने गिरोहलाई कारवाहीको माग गरिएको थियो ।
उनीहरुले माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर, बिवादास्पद एनसेलको सेयर बिक्रीको छानबिन गर, एनसेललाई राष्ट्रियकरण गर, नियमित भ्रस्टाचार गर्न पाइदैन, अनेरास्ववियु जिन्दावादलगायतका प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए ।