काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस २९ गते आफ्नो चौथो वार्षिक साधारणसभा गर्न लागेको हो । कम्पनीको काठमाडौंस्थित नागरिक लगानी कोषको भवनमा हुने वार्षिक साधारणसभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरण पारित गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।