काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही पुस १३ गते आफ्नो ७५ औँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ४९ करोड ४७ लाख ६५ हजार तीन सय ९९ रुपैयाँमध्येबाट १० प्रतिशतका दरले हुन आउने १४ करोड ९४ लाख ९६ हजार पाँच सय ३९ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव लैजाने तयारी कम्पनीको छ । यसबाहेक कम्पनीले कर प्रयोजनका लागि शून्य दशमलव ५२ प्रतिशतका दरले हुन आउने ७८ लाख ६७ हजार एक सय ८६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ६४ करोड ४२ लाख ४१ हजार नौ सय ३९ रुपैयाँ पुग्नेछ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि कम्पनीको यही मंंसिर २८ गते एक दिनका लागि सेयर दर्ता किताब बन्द हुनेछ ।