काठमाडौं । प्राइम कमर्सियल बैंक कर्मचारी संघको तेस्रो केन्द्रीय अधिवेशन काठमाडांैमा सम्पन्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मानन्धरको प्रमुख अतिथ्यमा शनिबार सम्पन्न उक्त अधिवेशनमा प्रमुख कार्यकारी अधिकृत मानन्धरले बैंकको उन्नति तथा प्रगतिमा कर्मचारीको मुख्य भूमिका रहने बताइएको छ ।
सम्पन्न तेस्रो केन्द्रीय अधिवेशनबाट संघको केन्द्रीय समितिमा विगत १० वर्षदेखि संघमा आबद्ध रहेका बुद्धिराज पोखरेलको अध्यक्षतामा १३ सदस्यीय प्रतिनिधि र्निविरोध निर्वाचित भएका छन् । उक्त केन्द्रीय समितिमा अध्यक्ष बुद्धिराज पोखरेल, उपाध्यक्ष धनबहादुर गोले, महासचिव शैलेश उप्रेती, सचिव बालकृष्ण राउत, कोषाध्यक्ष राजेश मानन्धर, वरिष्ठ केन्द्रीय सदस्य दामोदर ढुङ्गाना, केन्द्रीय सदस्य (खुला) विवेक दली, मिलनविक्रम बस्नेत, राजेश दाहाल, रेवन्तराज नेपाल तथा केन्द्रीय सदस्य (महिला) स्वेज्ना राजभण्डारी, मोनालिसा मल्ल र रूचिमा लोप्चन निर्विरोध निर्वाचित भएको बैंकले जनाएको छ ।