काठमाडौँ, जेठ ६
बीमा समितिले निर्जीवन बीमा व्यवसाय गर्ने बीमकबाहेक अन्य संस्थाहरूले कोरोना बीमासँग जोडेर आफ्नो सेवा व्यवसाय बिक्री गर्न तथा नगराउन निर्देशन दिएको छ । समितिले सोमबार सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी एवं एउटा पुनर्बीमा कम्पनीसमेत गरी ४० वटा बीमा कम्पनीहरूको नाउँमा परिपत्र जारी गर्दैे उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
यसअघि बीमा कम्पनीहरूले कोरोना बीमासँग जोडेर विज्ञापन गर्ने गरेको भन्दा अबदेखि यस्तो नगर्न समितिले निर्देशन दिएको छ । बीमा ऐन २०४९ अनुुसार यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको समितिले जानकारी दिएको छ । समितिबाट सबै नीर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमा गर्ने गरी स्वीकृत गरिएको कोरोना बीमासँग जोडी केही जीवन बीमा व्यवसाय गर्ने बीमक तथा अन्य संस्थाहरूले समेत कोरोना बीमा गर्ने र निःशुल्क कोरोना बीमा गरिदिने भन्ने व्यहोराको जानकारी आएको छ, यसमा समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।