काठमाडौं । सेयर बजारमा करेक्सन देखिएको छ । साताको सुरुवाती कारोबार दिनदेखि नैं निरन्तर घट्दै आएको नेप्से लगातार तीन कार्य दिन घटेको थियो । त्यसपछिको चौंथो कार्यदिन भने तीन दशमलव ३३ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम अर्थात पाँचौं कार्यदिन पुन ११ दशमलव ७३ अंकले उकालो लागेर १८ सय ५२ दशमलव ७७ बिन्दुमा चढ्न सफल भएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५८ अंकले उकालो लागेर तीन सय ५२ दशमलव २८ अंकमा उक्लिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ९९ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ५३ हजार एक सय ४६ पटकको कारोबारमा ९५ लाख पाँच हजार छ सय आठ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ७९ करोड ९१ लाख ४६ हजार चार सय ३३ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये ट्रेडिङ उपसमुहको सुचक ओरालो लागेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।