धनगढी । धनगढीमा शुक्रबारबाट सुरु हुने सुदूरपश्चिम महोत्सव तथा व्यापार मेला उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी पुगेका छन् ।

व्यापार मेला उद्घाटन अगाडि उनले धनगढी उपमहानगरपालिका–१६ घसिटामा आयोजना भइरहेको नेकपा (माओवादी केन्द्र) को प्रशिक्षण तथा जन भेटघाट कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम छ ।