काठमाडौं । संसदीय सुनुवाई समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत शनिल नेपाललाई सर्वसम्मतिले अनुमोदन गरेको छ । राजदूतका लागि सरकारले प्रस्ताव गरेको नेपालको नाम समितिको आज(शुक्रबार)को बैठकबाट सर्वसम्मतिले अनुमोदन भएको हो ।

मन्त्रिपरिषद् बैठकले उनलाई आवासीय राजदूतका रुपमा सिफारिस गरेको थियो । गत कात्तिक २ गतेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली दूतावास खोल्ने र राजदूतमा नेपाललाई नियुक्त गर्ने निर्णय गरेको थियो ।