काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले फेरि करिब सात किलो सुन बरामद गरेको छ । प्रहरीका अनुसार शनिबार राति फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका विदेशी नागरिकबाट उक्त सुन बरामद भएको हो ।

सात किलो सुनसहित पक्राउ परेका व्यक्तिलाई गौशाला प्रहरी वृत्त लगिएको छ । यससम्बन्धमा विस्तुत विवरण केही बेरमा सार्वजनिक गर्ने तयारी गरिएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४ किलो सुन समातिएको थियो ।