काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही पुस १४ गते शनिबार आफ्नो १८ औँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत बैंकले २०८० असार मसान्तसम्म कायम रहेको सेयर पुँजीको नौ दशमलव ५० प्रतिशतका दरले हुन आउने नौ करोड ६४ लाख २५ हजार एक सय ३६ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
यसबाहेक कर प्रयोजनको लागि शून्य दशमलव ५० प्रतिशतका दरले हुन आउने ५० लाख ७५ हजार सात रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी पनि बैंकको रहेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि बैंकको यही मंसिर २८ गतेदेखि पुस १४ गतेसम्म सेयर दाखिला तथा खारेजी बन्द हुने भएको छ ।