काठमाडौं । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आइतबार राष्ट्रिय मानव अधिकार आगोगद्वारा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन आफूले निरन्तर पहल गरिरहेको बताएका छन् ।
प्रधानमन्त्री दाहालले सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन ढिला भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै आम राष्ट्रिय सहमति बनाउनका लागि प्रधानमन्त्रीको हैसियतले आफूले पहल गरिरहेको बताए । पीडितलाई न्यायको अनुभूति हुनेगरी संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन पहल गरिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।