काठमाडौँ । सोलुखुम्बुको लुक्लाका लागि काठमाडौंबाट उडेको तारा एयरको विमानको आपत्तकालिन झ्यालको सिसा खसेको छ । त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता सुवास झाले काठमाडौंबाट उडेको जहाँज ल्याण्ड गरिसक्दा आपत्तकालिन झ्यालको सिसा नदेखिएको बताए । जहाजको झ्यालको सिसा नभएको पाइलटले जहाज ल्याण्ड गरेपछि मात्रै थाहा पाएका थिए ।