काठमाडौं । वैदेशिक रोजगारीको लागि साउथ अफ्रिका पठाइदिन्छु भन्दै १७ लाख रूपैयाँ ठगी गरेको अभियोगमा झापा बिर्तामोडका १८ वर्षीय किशोर पक्राउ परेका छन् । काठमाडौंको गौरीघाट बस्ने १८ वर्षीय अन्जेश गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
ती किशोरले दुई जनालाई वैदेशिक रोजगारीको लागि साउथ अफ्रिका पठाई प्रतिष्ठित कम्पनीमा मासिक एक लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति आठ लाख ५० हजार लाग्छ भन्दै प्रलोभनमा पारी रकम ठगेका थिए ।
पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई सिनामंगलबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।