विराटनगर । विराटनगर महानगरपालिका–८ मधुमाराका एक युवकमाथि गोली प्रहार भएको छ । आइतबार साँझ भारतको सीमाक्षेत्र जोगबनीमा २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो ।
विराटनगरस्थित कोशी अस्पतालमा गोली प्रहारबाट घाइते भएका संग्रौलाको उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार उनको वायाँ तिघ्रामा गोली लागेको छ ।
उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर फर्कने क्रममा विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले आफूमाथि गोली प्रहार भएको उनले बताए । उनलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरी अस्पताल पुर्याएको थियो ।
