काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले रुसी सेनामा करिब दुई सय जना नेपाली भर्ती भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टरको पदाधिकारी बैठकलाई आज(सोमबार) सम्बोधन गर्ने क्रममा उनले दुई सयको संख्यामा नेपालीहरू रुसी सेनामा रहेको औपचारिक जानकारी आएको बताएका हुन् ।
प्रधानमन्त्री दाहालले भिजिट भिसा, अध्ययन भिसालगायतबाट रुस पुगेका नेपालीहरुको खोजी कार्य भइरहेको जनाएका छन् । उनले रुसी सेनामा गएका नेपालीहरू कोही युक्रेनको कब्जामा रहेको र केही युक्रेनी सेनामा पनि रहेको खुलेको बताए । केही दिनअघि रुसी सेनामा रहेका ६ जना नेपालीको मृत्यु भएको छ ।