काठमाडौं । छुट्टाछुट्टै स्थानमा सोमबार छ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं, चितवन, मोरङ, रुपन्देही, सुर्खेत, जाजरकोट जिल्लाका विभिन्न स्थानमा सोमबार छ जना मृत अवस्थामा फेला परेका हुन् ।
काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी घर भएका ३८ वर्षीय अमृत ढकाल आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
चितवनस्थित भरतपुर महानगरपालिका–४ भगवती टोल डेरा गरी बस्ने प्यूठान मालारानी नगरपालिका–४ घर भएकी ४२ वर्षीया झरना बैजाली पुन मगर आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
मोरङस्थित विराटनगर महानगरपालिका–६ रामपुर चोक बस्ने ४५ वर्षीय राजेश सहनी आफ्नै घर नजिक सोमबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देहीस्थित सैनामैना नगरपालिका–६ बैकुण्ठपुर डेरा गरी बस्ने गुल्मी ईस्मा गाउँपालिका–६ घर भएका ५५ वर्षीय थकारी कुमाल आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सुर्खेतस्थित भेरीगंगा नगरपालिका–१२ छिन्चु बजारस्थित पेटीमा सोही नगरपालिका–४ बाहुनचौर बस्ने ४२ वर्षीय प्रेम परियार सोमबार मृत अवस्थामा फेला परेका छन् ।
जाजरकोटस्थित बारेकोट गाउँपालिका–८ लैखम बस्ने ७५ वर्षीया धनी खत्री सोही नगरपालिका–८ अँधेरीखोला भन्ने स्थानमा सोमबार मृत अवस्थामा फेला परेकी छन् । सबै घटनासम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।