काठमाडौं । द क्लिफ नेपाललाई आन्तरिक राजस्व कार्यालय, बाग्लुङले उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको छ । पर्वत जिल्लामा दर्ता रहेका करदाताहरूमध्ये सेवा/उद्योगअन्तर्गत सबैभन्दा बढी आयकर दाखिला गरेकाले कार्यालयले सम्मान गरेको हो ।
कार्यालयका प्रमुख कर अधिकृत शालिकराम आचार्यले क्लिफका अध्यक्ष राजु कार्कीलाई सम्मानपत्र प्रदान गरेका छन् । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालन हुँदै आएको छ ।
बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यावसायिक स्काई साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रिज, स्काई ग्लाइडिङ, स्काइ क्याफेलगायत गतिविधि सञ्चालनमा छन् ।