काठमाडौं, जेठ ७
सरकारले एउटा विषयमा मात्र संविधान संशोधन गर्ने भएको छ । वामदेव गौतमलाई प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन गर्ने पक्षमा नेकपाका केही नेताहरु रहे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भने नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्शा, निशान छाप र प्रतीकचिह्नसहितको व्यवस्थाका लागि संविधान संशोधन प्रस्ताव चाँडै संसद्मा ल्याइने जानकारी गराएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्न एवं जिज्ञासाबारे जवाफ दिँदै प्रधानमन्त्री ओलीले संविधानको अनुसूची ३ सँग सम्बन्धित संशोधन प्रस्ताव चाँडै संसद्मा ल्याइने जानकारी दिएका हुन् ।