ललितपुर । ललितपुरको झम्सीखेलमा मंगलबार नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको छ । प्रहरीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको बताइएको छ । लागूऔषधसहित एकजना लागूऔषध कारोबरी पक्राउ परेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।