पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमबीच विवाद भएको छ । कार्यालय व्यवस्थापनको विषयमा दुई जनाबीच असमझदारी भएपछि विवाद सिर्जना भएको थियो । पर्सामा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमबीच विवाद भएको छ।
महानगरको पुरानो भवनको कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्न लागिएको थियो । पहिले उक्त कोठामा प्रमुख प्रशासकीय अधिकृतको कोठा थियो । प्रशासकीय अधिकृत नयाँ भवनमा सरेपछि उपमेयरको कोठा त्यहाँ हुनुपर्ने भन्ने विवाद उठेपछि विवाद बढेको थियो । विवाद भएपछि महानगर परिसरमा समर्थकको भेला भएको थियो समर्थकहरुबीच पनि विवाद बढेर ठेलमेल भएपपछि घटनास्थलमा प्रहरी परिचालन भएका थिए । अहिले अवस्था सामान्य रहेको छ ।