काठमाडौँ ,नक्कली सर्टिफिकेट प्रकरणमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन् ।
कुनै बेलाका महान् अभियान नामक पत्रिकाका सम्पादक समेत रहेका गहतराजले पत्रिका दर्ता गर्ने क्रममा आफू स्नातक उत्तीर्ण भनी बुझाएको स्नातक तहको ट्रान्सक्रिप्ट, माइग्रेसलगायतको कागजात किर्ते गरेको भन्दै मन्त्रालयमा परेको उजुरीको छानबिन चल्दै जाँदा उनी पक्राउ परेका हुन् ।
गहतराजले पशुपति क्याम्पसबाट प्रथम श्रेणीमा ब्याचलर पास भएको भनी कागजात बनाएका थिए । उक्त कागजातको छानबिन गर्दा नक्कली भएको पुष्टि भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गहतराजलाई मंगलबार अपराह्न सिंहदरबारबाट पक्राउ गरिएको हो ।