नक्कली कागजात बनाएको आरोपमा नेपाल वायुसेवा निगमका अधिकृसहित काठमाडौंबाट ६ वटा ट्राभल्स एजेन्सीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा प्रहरीले निगममा कार्यरत अधिकृत होमनाथ पोखरेलसहित ७ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्काई ट्राभल्सका सञ्चालक दिनेश ज्ञवली,मञ्जरी ट्राभल्सका भक्तबहादर थापा,रोलेक्स ट्राभल्सका सञ्चालक मनुराज सरोज कुमार यादव,एचआर टुर्स एन्ड ट्राभल्सका सञ्चालक राम प्रसाद भण्डारी र अन्ट्रा ट्रिप ट्राभल्सका मनुराज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको विषयमा उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।